एपेक्स बैंक घोटला काण्डमा ठेकेदार मनोज भेटवाल पक्राउ


तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डको अनुसन्धानका लागि क वर्गका ठेकेदार मनोज भेटवाललाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार दिउँसो भेटवाललाई पक्राउ गरेको हो। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीले यसअघि तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित केही कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह भएको थियो। यसरी कर्जा प्रवाह हुँदा बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैँया हानी भएको थियो। यो काण्डमा को-को दोषी थिए भन्ने थप अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.