गोंगबुको गेष्ट हाउसमा युवती हत्या गरी फरार रहेका युवक भारतबाट पक्राउ


काठमाडौंको गोंगबुस्थित एक गेष्टहाउसमा युवतीको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गोंगबुस्थित भूमेश्वरी होटलको कोठा नम्बर २०३ मा गएको चैत २३ गते चितवन घर भएकी एक युवतीको हत्या गरी भारत पुगेका सल्यानका गोपाल शर्मालाई काठमाडौं प्रहरीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो।

घटनाको बारेमा आज दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने काठमाडौं प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.