नयाँ वर्ष मनाउन गएका दुई युवा कालीगण्डकीमा डुबेर बेपत्ता


नयाँ वर्ष मनाउन पाल्पाको तानसेन नगरपालिका १३ रानीघाट पुगेका दुई युवा कालीगण्डकीमा डुबेर बेपत्ता भएका छन्।

पाल्पा रिब्दीकोट गाउँपालिका ३ हार्थोकका १८ वर्षिया संगम कार्की र उनका साथी १८ बर्षिया आयुस खनाल पौडी खेल्ने क्रममा कालीगण्डकीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

प्रेमको प्रतिक पर्यटकीय स्थान रानीघाटको किनारमा यस अगाडि पनि डुबेर बेपत्ता हुने घटना भईरहेका थिए। बेपता युवाहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.