नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकीमा बेपत्ता


पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा आज बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल छन् ।

बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा बेपत्ता भएको अस्थायी प्रहरी बिट रानी महलका प्रमुख डिल्लीराम भट्टराईले जानकारी दिए ।

बेपत्ताको खोजीकार्य जारी रहेको पनि उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.