सवारी दुर्घटना परि दाङमा एकको मृत्यु


दाङमा  दुर्घटनामा परि एकजना युवकको मृत्यु भएको छ । घोराही वसपार्कको वरालोमा पानी बोक्ने ट्याङकरको ठक्करवाट स्कुटी चालक २६ बर्षीय प्रेम रोकाको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १३ बडरा निवासी गम्भीर घाईते रोकालाई राप्ती उपक्षेत्रीय अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय घोराही दाङका प्रवक्ता एवं डिएसपी रामप्रशाद घर्तीका अनुसार शनिवार विहान नौं बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १४ बसपार्क जाने वरालोमा पानी बोकेको लु २ च ९३१२ नम्वरको ट्याङकरले रोका सवार रा २ प ४४९२ नम्वरको स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करवाट स्कुटीमा कुनै क्षति नभएको हुँदा ठक्करले हुत्तिएपछि रोका ट्याङकरको मुनि पुग्दा टायर किचेको हुन सक्ने प्रहरीले बताएको छ । चालक र ट्याङकरलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.