त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सुनसहित दुई भारतीय पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलमा अवैध रूपमा नेपाल ल्याइएको दुई किलो सुन प्रहरीले बरामद गरेको छ।

दुबईबाट ल्याइएको दुई किलो सुनसहित दुई भारतीय नागरिक पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुन्धान भइरहेको विमानस्थलका सुरक्षा प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.