काठमाडौंमा कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक


काठमाडौं महानगरपालिकाले बिहिबार कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गदै उनले काठमाडौं महानगरभित्रको शिक्षाको स्तरलाई उन्नत बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मेयर शाक्यले वडा तहसम्म समिति बनाएर शैक्षिक क्षेत्रको विकासमा लाग्ने नीतिगत व्यवस्था गरिएको पनि स्मरण गराए।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले शिक्षा विकासको मूल आधार भएकाले यसको स्तर विकास गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले सामुदायिक विद्यालयलाई पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा दिन पहल गर्ने योजना पनि अघि सारिन्।

काठमाडौं महानगरपालिकाभित्र ५ सय ५७ विद्यालयका १८ हजार ७ सय ४१ जना विद्यार्थीहरू कक्षा ८ को अन्तिम परीक्षमा सहभागी भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.