परिषद्ले १८ स्रष्टाहरूलाई पुरस्कृत गर्ने


राप्ती साहित्य परिषद्, प्रतिभा छनोट समितिकोे बैठकले यस वर्षका लागि विभिन्न प्रतिभाहरूको नाम छनोट गरेको छ।

बुधबार घोराहीमा बसेको समितिको बैठकले गरेको निर्णय अनुसार यस वर्षको राप्ती साहित्य पुरस्कार दाङका वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँलाई प्रदान गरिने भएको छ। बैठकले राप्ती सिर्जना पुरस्कार रोल्पाको साहित्यकार डि.बी.टुहुरोलाई २०७३ सालमा प्रकाशित भएको उनको पुस्तक रोल्पाको साहित्यिक रूपरेखा तथा स्रष्टा र सिर्जनाका लागि प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी, यस वर्षको डोमादेवी साहित्य पुरस्कार गिरीप्रसाद बुढामगर (रुकुम), अपामुकुन्द प्रज्ञा पुरस्कार फत्तेकुमारी वली (रुकुम), ऋषिलक्ष्मी साहित्य पुरस्कार डि.एम.निशार (रोल्पा), देवीचन्न्द्र साहित्य पुरस्कार व्योमजी अवतार (रोल्पा), गोपालचन्द्र प्रज्ञा पुरस्कार बलबहादुर घर्तीमगर (रोल्पा), नन्दहरी साहित्य पुरस्कार इन्द्र भण्डारी अङ्ति (सल्यान), खोबिलाल हुकुमादेवी छन्द पुरस्कार केशवराज देवकोटा (सल्यान) लाई प्रदान गरिने भएको छ।

त्यस्तै, बैठकले विष्णु नुमा साहित्य पुरस्कार तिला पन्थी (दाङ), गोमा देवकोटा कला पुरस्कार निर्मला यादव (दाङ), हरिप्रसाद मिना पाण्डेय कलासाहित्य पुरस्कार हुमबहादुर डिसी (दाङ), पद्मप्रसाद रूपसा प्रज्ञा पुरस्कार प्रज्ञा पुरस्कार गणेश गन्धर्व (दाङ), तिलका तुलसीराम स्मृति साहित्य पुरस्कार उदय आले (दाङ), चक्रपाणि लक्ष्मी लोकेश्वरी छन्द पुरस्कार दीपककुमार आचार्य (दाङ), नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार गुरुप्रसाद कुमाल बुल्बुल (दाङ), पद्माकुल स्मृति हास्यव्यङ्ग्य पुरस्कार नवराज आचार्य (प्युठान), पण्डित कपिलमुनि भक्तकुमारी शिवाकोटी साहित्य पुरस्कार स्मृति घर्तीमगर (प्युठान) लाई प्रदान गरिने भएको छ।

यही वैशाख १७ र १८ गते घोराहीमा हुने परिषद्को वार्षिक उत्सव तथा बृहत् साहित्यिक समारोहमामा पुरस्कृत प्रतिभाहरूलाई सम्मान गरिने परिषद्का अध्यक्ष पुरुषोत्तम खनालले बताएका छन्। उक्त अवसरमा खोबिलाल हुकुमादेवी छन्द पुरस्कारका संस्थापकहरू रोल्पाका साहित्यकार दामु मर्सिफूल र कविता उपाध्याय र अग्रज साहित्यकार प्रा.गदाधर पौडेल, दाङलाई पनि सम्मान गरिने भएको छ। प्रतिभा छनौट समितितको संयोजकमा परिषद्का संस्थापक अध्यक्ष नारायणप्रसाद शर्मा तथा सदस्यहरूमा गोविन्द आचार्य, हरिप्रसाद पाण्डेय, केशव थापा र टीकाराम उदासी रहेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.