डिआइजी रमेश खरेलले राजीनामा दिए


सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले राजीनामा दिएका छन्।

आज प्रहरी प्रधान कार्यालय नक्सालमा खरेलले राजीनामा बुझाएको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए।

आफूले लामो समयदेखि संगठनको लागि काम गरेको तर सरकारको निर्णयमा सन्तुष्ट नभएकाले राजीनामा दिएको खरेल बताएका छन्।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.