सार्वजनिक सवारी तथा भीडमा मोबाइल चोरी गर्ने पाँच गिरोह पक्राउ


काठमाडौंको विभिन्न रुटमा चल्ने सवारी साधन तथा भीडभाडमा मोबाइल चोरी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर प्रभाग बलम्बुको प्रहरी टोलीले बैतडी देउमाडौं नगरपालिका ५ का १७ वर्षीय कवीन्द्र बोहरा,सुनसरी भोटेपुल नगरपालिका १६ का २९ वर्षीय विनोद गुरूङ, सिन्धुली, डकाहाका १७ वर्षीय कान्छा थापामगर, सिन्धुली डकाहा २ का २० वर्षीय कुमार थापा मगर, सिन्धुपाल्चोक, मानेश्वरका ४५ वर्षीय देव बहादुर राउतलाई पक्राउ गरेको छ।

पक्राउ परेका गिरोहले विभिन्न रुटमा चल्न सवारी साधन तथा भीडभाडमा मोबाइल चोरी गर्दै आएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका १७ थान मोबाइल समेत बरामद गरेको छ।

पक्राउ परेका ५ जनालाई प्रहरी परिसर काठमाडौंको प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको परिसरले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.