थापाको नेतृत्वमा कर्णाली पत्रकार समाज काठमाडौं गठन


कर्णाली पत्रकार समाज काठमाडौंको अध्यक्षमा भरतबन्धु थापा (दैलेख) चयन भएका छन्।

कर्णाली प्रदेशबाट केन्द्रीय राजधानी काठमाडौं आई पत्रकारिता गरिरहेका पत्रकारहरुको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो। भेलाले १५ सदस्यीय कार्य समिति चयन गरेको छ।

दैलेख क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य रविन्द्रराज शर्माको उपस्थितिमा भएको उक्त भेलाले उपाध्यक्षमा डिल्ली पाण्डे (जुम्ला) महासचिवमा कमल न्यौपाने (सुर्खेत) कोषाध्यक्षमा रविन्द्र सुवेदी (दैलेख) सचिवमा महिलाबाट गीता थापा (सुर्खेत) लाई चयन गरेको छ।

यसैगरी रामकुमार शाही (जाजरकोट), धनराज योगी (कालिकोट) नन्दा बस्नेत (सुर्खेत) चिरञ्जीवी सापकोटा (सुर्खेत) बिष्णु फडेरा (हुम्ला) जोसेफ शाही दैलेख, खेमराज वली सुर्खेत, सूर्यबहादुर रोकाय मुगु, आइसिंह रोक्का मगर जाजरकोटलाई कार्य समिति सदस्यमा भेलाले चयन गरेको छ।

समितिको सल्लाहाकारमा (श्यामल) हरिहर अधिकारीको संयोजकत्वमा सूर्यमणि गौतम र नेत्र केसीलाई चयन गरेको महासचिव कमल न्यौपानेले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.