‘सडक विस्तारका नाममा सम्पदा नमासौं’ (फोटोफिचर)


सडक विस्तारका क्रममा घरजग्गा र कलासंस्कृति तथा सम्पदा नमास्न माग गर्दै शुक्रबार पनि उपत्यकावासीले विरोध र्‍याली निकालेका छन्।

सडक विस्तारको नाममा नेवा :विस्थापन षडयन्त्र बन्द गर, राज्य आतंक बन्द गर, विस्थापितलाई पुनर्स्थापित गर, उपत्यका विकास प्राधिकरण बन्द गर, आइएलओ १६९ को पालना गरलगायत नारासहित उपत्यकावासी विरोधमा उत्रिएका हुन्।

असनबाट सुरू भएको र्‍याली परिक्रममा गरी असनमै आएर टुंगिएको हो।

उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, आउटर रिङरोड, स्याटलाइट सिटी विस्तारका क्रममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको पहिचानमा क्षति पुर्‍याउन नहुने उनीहरूको माग छ ।

हेर्नुहोस् तस्बिरहरू :

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.