एक लाख घूससहित पोखरामा २ जना इञ्जिनियर पक्राउ


अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका २ कर्मचारीलाई घूससहित पक्राउ गरेको छ।

विद्यालय भवन निर्माण गर्दा गलत बिल फर्छ्यौट गरिदिने भन्दै उनीहरूले १ लाख घूस लिएका थिए। पक्राउ पर्नेमा इञ्जिनियर प्रदीपकुमार बानियाँ र सब इञ्जिनियर छवीन्द्र विक्रम खाँड छन्। उनीहरू अख्तियारको नियन्त्रणमा छन्।

आवश्यक छानबिन सुरू भैसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.