गोंगबुस्थित एक होटलमा युवती मृत फेला


काठमाडौंको गोंगबुस्थित होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छिन्।

भुमेश्वरी होटलको कोठा नम्बर २०३ मा एक युवती मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए।

बिहिबार एक युवक सँगसँगै होटल पुगेकी युवती मृत अवस्थामा फेला परेकी हुन्। उनीसँगै होटलमा गएका युवाको पहिचान भइसकेकाले खोजी भइरहेको एसएसपी पोखरेले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.