बहराईनका शेरपुञ्जाद्वारा शान्ति कोषलाई २ लाख आर्थिक सहयोग


म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनको एक म्याग्देलीले २ लाख एक हजार आर्थिक सहयोग गरेका छन्। आर्थिक अवस्था कमजोर भएका म्याग्देलीको उपचारमा सहयोग गदैं आइरहेको कोषलाई मंगला गाउँपालिका १ कुहुँ निवासी, म्याग्दी उद्दार समिति बहराईनका मानर्थ सदस्य खग प्रसाद शेपुञ्जाले सहयोग गरेको संस्थाका अध्यक्ष लोक राम्जालीले बताए।

जिल्लामा आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि स्थापना भएको संस्थामार्फत गरिब तथा विपन्नको उपचारमा कुनै पनि समस्या हुन नदिने सहयोग गरेको  शेरपुञ्जाले बताए। ‘सानो आर्थिक सहयोगले पनि धेरैको ज्यान जोगाउन सकिन्छ । संस्थाबाट उपचार भएर नयाँ जीवन पाएको धेरै देखेको छु’, शेरपुञ्जाले भने।

बहराईनमा रहेका म्याग्देलीको साझा संस्थासमेत रहेको म्याग्दी उद्धार समितिले कोषको १ करोड ५० लाख अक्षयकोषको अभियानमा हालसम्म १८ लाख भन्दा माथि संकलन गरेको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिए। उनले आर्थिक सहयोग अभियानलाई तिब्रता दिइएको बताए।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ।

संस्थाको विधानमा ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ। संस्थाका अध्यक्षले हरेक विरामीलाई ब्यक्तिगत रुपमा ५ हजारदेखी माथि सहयोग गदैं आइरहेका छन ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.