स्थान छनोट नहुँदै क्रिकेट रंगशाला बनाउन धुर्मुस–सुन्तलीलाई ५ लाख सहयोग


अन्तर्राष्ट्रिय रंगशाला निर्माणको अभियानमा रहेको धुर्मुस सुन्तली फाउन्डेशनलाई थाइ नेपाल संघका अध्यक्ष कुमार कार्कीले ५ लाख नगद सहयोग प्रदान गरेका छन्।

बर्मामा जन्मेर थाइल्याण्डमा बसोबास गर्दै आएका कार्कीले थाई नेपाली संघ र आफ्नो व्यक्तिगत तर्फबाट फाउन्डेशनलाई सहयोग गरेका हुन्।

रंगशालासँगै नमूना नेपाल नामक पुनर्निर्माणको परियोजनालाई सहयोग पुर्‍याउन कार्कीले रकम सहयोग गरेका हुन्।

राजधानीमा आयोजित एक कार्यक्रममा कार्कीले उक्त रकम फाउन्डेशनलाई रकम हस्तान्तरण गरेका छन्। बर्मामा जन्मे पनि नेपाललाई पितृभूमि मान्दै आएका कार्कीले यसअघि पनि २०७० वैशाख १२ गते गएको महाभूकम्पपछि राहत वितरणका साथै नेपालमा नमूना बस्ती निर्माण गरेका थिए।

सिन्धुपाल्चोकको विकट माझी बस्तीमा कार्कीको नेतृत्वमा भूकम्पपछिको पहिलो माझी बस्ती निर्माण भएको थियो। पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने उनले बताए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.