घूस लिँदै गर्दा विद्युत् इन्जिनियर चौधरी पक्राउ


विद्युत् प्राधिकरण बाराका इन्जिनियर रतनेशकुमार चौधरी घूससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग घूसबापत नौ हजार ५०० लिइरहेकै अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो। टोलीले उनलाई आफूसँगै हेटौंडा लगिएको छ।

एक सेवाग्राहीको घरमा रहेको मिटरको पावर बढाउनका लागि घूसबापत सो रकम लिँदै गरेको अवस्थामा इन्जिनियर चौधरीलाई पक्राउ गर्‍यौँ, नायब उपरीक्षक खड्काले भने। पक्राउ परेका चौधरीलाई थप अनुसन्धान गरी विशेष अदालत काठमाडौंमा बुझाउने खड्काले बताए।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.