रूपन्देहीका व्यवसायी बलु पौडेललाई गोली हानि हत्या गर्ने सुटर पक्राउ

मृतक बसन्त पौडेल (बलु)


रूपन्देहीका काठ ब्यवसायी बलु पौडेललाई गोली हानि हत्या गर्ने सुटर सुवास गुरूङलाई प्रहरीले पक्राउ गरेको छ।

गुरूङलाई प्रहरीले बुधबार पोखराको रामबजारबाट पक्राउ गरेको रूपन्देही प्रहरी प्रहरी प्रमुख श्याम ज्ञवालीले सेतोपाटीलाई जानकारी दिए।

केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको निर्देशनमा  गुरूङले काठ ब्यवसायी पौडेललाई गोली हानेका थिए।

रुपन्देहीको देबदह ढेकारमा  काठको ब्यवसाय गर्दै आएका बसन्त पौडेल (बलु) लाई  उनकै मिलमा गएर मोटसाइकलमा आएका गुरूङसहित २ जनाले गत पुस २१ गोली हानि हत्या गरेका थिए।

गोली लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.