पाँचथरमा ५८ वर्षीय हजुरबाद्वारा १३ वर्षीया नातिनी बलात्कृत


 

आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा ५८ वर्षीय वृद्धलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ।

पाँचथरको याङवरक गाँउपालिका वडा नम्वर ६ का ५८ वर्षीय बृद्धले आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा मंगलबार  प्रहरीले पक्राउ गरेको हो ।

बालिकाका बुबा बैदेशिक रोजगारमा गएको र आमाले दोस्रो विवाह गरेर बालिकालाई छोडेपछि उनी हजुबुबा र हजुरआमासँग बस्दै आएकी थिइन्। ती बृद्धले नातिनीलाई पुस १ गतेदेखि पटक पटक बलात्कार गरेको खुलेपछि पक्राउ गरेको पाँचथरका प्रहरी प्रमुख बामदेव गौतमले बताए।

बालिकाका बुबा १० वर्षदेखि बैदेशिक रोजगारीका छन्। हजुरबाबाट बलात्कृत ती बालिकाका विषयमा सूचना प्राप्त भएपछि निजलाई पक्राउ गरी बालिकाको पनि उद्धार गरेको गौतमले बताए।

उनको चिकित्सकको निगरानीमा उपचार शुरु गर्नका साथै आरोपित हजुरबुबालाई मंगलबार नै पाँचथर जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

यस आर्थिक वर्षको चैत्र सम्ममा पाँचथरमा १० वटा जवरजस्ती करणी र २ वटा बाल यौन दुराचारका घटना भएको तथ्याङक छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.