ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्ने तीन पक्राउ


ट्राफिक प्रहरीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमबार मापसे सेवन गरी प्रहरीमाथि हातपात गर्ने करिस प्रधान, सज्जन भण्डारी र ऋद्धिन्द्र गिरीलाई पक्राउ गरिएको हो।

उनीहरुले ठमेलमा ट्राफिक प्रहरी जवान राहुल कुमार सिंहमाथि हातपात गरेका थिए।

तिब्र गतिमा आएको बा १५ च ८९४४ नम्बरको प्राईभेट कार सवारी निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गरी गएकोले उल्लेखित कारलाई पिछा गर्दै जाँदा ठमेलस्थित सातघुम्ति चोकमा फेला पारी उक्त कारको  कागजात माग्दा उक्त कारमा रहेका उनीहरुले अश्लिउल शब्द प्रयोग गरी धाकधम्कि दिई गालिगलौज गरेका थिए।

सडक किनारामा लत्रिएको बिजुलीको तारले शरीरमा घोच्नुको साथै हातपात समेत गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.