फिरौती असुली र अपहरणमा संलग्न दुई पक्राउ


सर्लाही प्रहरीले फिरौती असुली र अपहरणमा संलग्न फरार दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहट गाविस समनपुर वडा नम्बर ८ का ४२ वर्षीय नागेन्द्र यादव र सोही स्थान बस्ने ६५ वर्षीय जोगेन्द्र यादव रहेका छन्।

गत जेठ १५ गते सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर ६ बस्ने ७ वर्षीय गोलु भन्ने राकेश कुमार यादवलाई अपहरण गरेका थिए।

अपहरणमा संलग्न तीन जनालाई प्रहरीले केही समय अगाडि नै पक्राउ गरिसकेको छ। त्यसपछि यादवले पीडित परिवारको घरमा फोन मुद्दा फिर्ता नलिए मार्ने तथा अपहरण गर्ने धम्की दिने गर्दै आएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.