टेकुमा छतबाट खसेर एक जनाको मृत्यु


काठमाडौं महानगरपालिका–२१ टेकु सवहालमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ।

संदिप देउलाको घरको तीन तलाको छतबाट सोमबार खसेर काठमाडौं महानगरपालिका–१७ बस्ने ४४ बर्षीय राकेश श्रेष्ठको मृत्यु भएको हो।

उनको काठमाडौँ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.