जब खेतमा भेटियो ९ फिट लम्बाइ भएको अजिंगर…


दाङमा एकजना किसानको खेतमा फेला परेको दुर्लभ वन्यजन्तु अजिंगरलाई उद्धार गरिएको छ।

किसानको खेतमा फेला परेको अजिंगरलाई उद्धार गरेर दाङ देउखुरीस्थित देउकी सामुदायिक वन पहरुवामा लगेर छोडिएको सामुदायिक वनमा छाडिएको थियो।

आइतबार बिहान खेतमा काम गर्दै गर्दा ११: ४५ बजेतिर देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ६ पत्थर गढवास्थित पुरनप्रसाद चौधरीले खेतमा अजिंगर फेला परेको थियो। चौधरी देउकी सामुदायिक वनका सदस्य पत्थर गढवाका सदस्य समेत रहेको हुँदा आफैँले सरोकारवालाहरूलाई खबर गरेर अजिंगरको उद्धार गरी वनमा लगेर छोडेको जानकारी दिए ।

उक्त अजिंगर ९ फिट लम्बाई र १२ इञ्च गोलाइको रहेको चौधरीले जानकारी दिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.