ट्रमा सेन्टरबाट हाम फालेर एक अमेरिकन नागरिकको मृत्यु


वीर अस्पतालस्थित ट्रमा  सेन्टरको ६ तल्लाबाट हाम फालेर एक अमेरिकन नागरिकको मृत्यु भएको छ।

‘ओभर स्टे’ बसेको भन्दै केही दिन अघि ४५ वर्षीय जोन भन्ने अमेरिकन नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको थियो।

स्रोतका अनुसार जोनले गत १६ गते अध्यागमनको हिरासतमै आफ्नो घाँटी काटेका थिए। त्यसपछि उनलाई वीर अस्पतालमा उपचारका लागि लगिएको थियो।

केही बेर अघि अस्पतालमा सुरक्षामा बसेका २ जना प्रहरीलाई धकेलेर उनले हाम फोलेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.