ठोसेमा बस दुर्घटना, एकको मृत्यु


रामेछापमा गोकुलगंगा गाउँपालिकास्थित ठोसे भन्ने स्थानमा बा ३ ख २६९५ नम्बरको बस दुर्घटना भएको छ।

दुर्घटनामा परी एक जनाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजु श्रेष्ठले बताए।

अन्य ११ जना घाइते भएको निरीक्षक श्रेष्ठले बताए। बसमा ३५ जनभन्दाबढी सवार थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.