गणेश लामाको साथबाट बरामद पेस्तोलबाटै गोली चलेको ल्याब रिपोर्टमा देखियो

पक्राउ परेका ‘गुन्डा नाइके’ गणेश लामा र पेस्तोल तथा पेस्तोलमा प्रयोग हुने गोली। तस्बिरः डिल्ली/सेतोपाटी


१८ दिनअघि पक्राउ परेका गणेश लामाको साथबाट बरामद पेस्तोल र होटलमा भेटिएको गोलीको खोका म्याच भएको छ।

गोली चलेको आवाज सुनेपछि प्रहरी पुगेर हेर्दा लामाको हातबाट पेस्तोल बरामद भएको थियो।

घटनास्थलमा भेटिएको गोलीको खोका सोही पेस्तोलबाट फायर भएको ल्याब परीक्षणमा देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।

‘लामाको साथबाट बरामद पेस्तोल र गोलीको खोका एउटै भएको देखियो,’ एसएसपी पोखरेलले भने।

१८ दिनदेखि महानगरीय प्ररही परिसर टेकुको हिरासतमा रहेका लामाले उक्त पेस्तोल आफ्नो नभएको बताउँदै आएका छन्।

लामाले आफूलाई गोली हान्न आएका युवाबाट पेस्तोल खोसेको बयान प्रहरीलाई दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.