प्रहरीबिटमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएपछि हवल्दार पक्राउ


प्रहरीले एक जना प्रहरी हवल्दारलाई प्रहरी विटमै रंगेहात पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको प्रहरी टोलीले थापाथली स्थित प्रहरी विटमा कार्यरत प्रहरी हवल्दार धनबहादुर शाही ठकुरीलाई बिहिबार राति ११ः५५ बजे एक युवतीसंग आपत्तिजनक अवस्थामा फेला पारेको हो।

प्रहरी स्रोतका अनुसार हवल्दार शाही ठकुरीले पटक पटक युवती ल्याउने गरेको सुचना पाएपछि महानगरीय प्रहरी वृत्त सिहदरबारको टोलीले बिहीबार निरिक्षण गरेको थियो।

निरिक्षणका क्रममा हवल्दार एक जना युवतीसँग आपत्तिजनक अवस्थामा फेला परेका हुन्। पक्राउ परेका ती हवल्दारलाई प्रहरी वृत्त सिहदरबारले शुक्रबार आवश्यक कारवाहीका लागी परिसर टेकुमा बुझाएको छ।

परिसरले ती हवल्दारलाई प्रहरी हिरासतमै राखी आवश्यक कारवाही अघि बढाएको छ, भने उनीसँगै भेटिएकी युवतीलाई घर पठाएको छ।
स्रोतले सेतोपाटीलाई भन्यो, पक्राउ परेका हवल्दारले पहिला पनि यसरी नै युवती प्रहरी विटमा ल्याउने गरेको सुचना थियो, निगरानी बढाइएको थियो बिहीबार पक्राउ परे।

प्रहरी विटमा रहेका अन्य प्रहरीलाई गस्ती र चेकिगंमा पठाएर उनले युवती ल्याउने गरेको खुलेको स्रोतले भन्यो,।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.