झापास्थित बुद्धशान्तिको एनसेल टावरमा आगजनी, विप्लव समूहका २ जना पक्राउ


झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा शुक्रबार दिउँसो आगजनी भएको छ।

प्रहरीले आगजनी गरेको आरोपमा विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकतालाई पक्राउ गरेको छ।

प्रहरीले विप्लव समूहका मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकान्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूका अनुसार उनीहरूले बुद्धशान्ति २ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन्।

आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ। पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि  ईलाका प्रहरी कार्यालय धूलाबारी पठाइएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.