यातायात व्यवस्था कार्यालय सतुंगलबाट ९ जना बिचौलिया पक्राउ


प्रहरीले यातायात व्यवस्था कार्यालय सतुंगलबाट ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

कार्यालयको बागमती मोटरसाइकल शाखाका कर्मचारीसँग मिलेर सेवाग्राहीलाई दु:ख दिने गरेको भन्दै प्रहरीले बिहीबार ९ जना बिचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

सेवाग्राहीलाई कार्यालयमा जान बिचौलियाहरूले नै रोक्ने गरेको, यदि गइहाले पनि यातायातका कर्मचारीले विभिन्न बहाना गरेर बाहिर पठाउने र बिचौलिया समात्नु पर्ने बाध्यता रहेको गुनास पछि प्रहरीले बिहीबार सो क्षेत्रमा छापा मारेको थियो।

पक्राउ परेका ९ जनालाई सार्वजानिक ऐन अन्तरगत मुद्दा चलाइएको परिसर काठमाडौंले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.