मध्यरातमा गोली हानी श्रीमतीको हत्या


बाँकेको डुडुवा गाँउपालिका ३ बनकट्टीमा एक जनाले गोली हानी श्रीमतीको हत्या गरेका छन्।

बिहीबार राति ११ बजे  ३० वर्षीय संजयकुमार वर्माले आफ्नी २७ वर्षिया श्रीमती  शान्तिदेवीलाई गोली हानी हत्या गरेको बाँके प्रहरी प्रमुख एसपी टेकबहादुर तामाङले जानकारी दिए।

एसपी तामाङका अनुसार वर्माले राति ११ बजे श्रीमतीलाई बाह्रबोर बन्दुकले गोली  हानेका  थिए।  गोली लागेर शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको छ।

श्रीमतीले आफूलाई मार्ने षडयन्त्र गरेको आशंकामा वर्माले श्रीमतीमाथि गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको एसपी तामाङले सेतोपाटीलाई बताए।

‘वर्मा मानसिक रोगी रहेछन्, औषधी सेवन गर्दै आएको भेटियो, श्रीमतीले आफूमाथि केही षडयन्त्र रचेको आशंका गर्दै गोली हानेको अनुसन्धानबाट खुल्यो,’ एसपी तामाङले भने।

वर्माले प्रयोग गरेको बाह्रबोर बन्दुकको भने लाइसेन्स  रहेको प्रहरीले जनाएको छ। श्रीमतीको हत्या गर्ने वर्मालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.