१४ वर्षीया बालिकालाई ५ सय दिएर बलात्कार गर्ने प्रहरी पक्राउ


चौध वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथर फाल्गुनन्द गाउँपालिकास्थित प्रहरी चौकी नवमीडाँडाका प्रहरी सहायक निरीक्षक (असई) बलबहादुर ठटाल पक्राउ परेका छन्।

चौध वर्षीया बालिकालाई बलात्कार गरेको रहस्य सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरले असई ठटाललाई मंगलबार पक्राउ गरेको हो। पीडितका आफन्तका अनुसार गत पुषमा असई ठटालले बालिकालाई बलात्कार गरी ५ सय रुपैयाँ दिएर घट्ना कसैलाई नबताउन भनेका थिए।

तर, बालिकाले खाना खाएलगत्तै वान्ता गर्न थालेपछि परिवारले सोधपुछ गर्दा असई ठटालले बलात्कार गरेको बताएपछि रहस्य सार्वजनिक भएको हो। पीडितका आफन्तले ठटालले पटक–पटक बालिकालाई ललाई फकाई बलात्कार गरेको बताएका छन् ।

ठटाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए। पीडित बालिकालाई चिकित्सकको निगरानीमा राखिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.