फर्पिङमा बस पल्टिँदा २ को मृत्यु, २२ यात्रु घाइते


दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस पल्टँदा २ जनाको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका दक्षिणकाली मन्जु बस्नेत र सुनिल श्रेष्ठको उपचारका क्रममा राजधानीको वयोधा अस्पतालमा मृत्यु भएको हो।

बिहीबार बिहान साढे ९ बजेतिर काठमाडौं आइरहेको बा १ ख ९९९९ नम्बरको यात्रुवाहक बस फर्पिङमा दुर्घटनामा परेको थियो। घाइते यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते यात्रुलाई उपचारका लागि बल्खुस्थित वयोधा अस्पताल ल्याइएको  काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए।

उनका अनुसार प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.