टिप्परले ठक्कर दिँदा बसुन्धरामा एकको मृत्यु


राजधानीको बसुन्धरामा बिहीबार बिहान टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घटनामा परी एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान सवा छ बजे बसुन्धरा चोकमा बा २ क ४३०२नम्बरको टिप्परले बा १ ज ३९७५ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको थियो।

टिप्परको ठक्करबाट ट्याक्सीभित्र रहेका बसुन्धराका १६ वर्षिय अजित श्रेष्ठ घाइते भएका  थिए।  उनको उपचारका क्रम शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

ट्याक्सी चालक २७ वर्षिय विनोद मगर गम्भीर घाइते भएका छन्।  उनको चिरायू अस्पतालमा उपचार भइरहेको छ।

टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.