अवैध लागूऔषधसहित बल्खुबाट २ जना पक्राउ


काठमाडौंको बल्खुबाट प्रहरीले एक किलो ४ सय ग्राम अफिमसहित २ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले मंगलबार दिउसो बल्खुबाट १ किलो ४ सय ग्राम अफिमसहित धादिङ गजुरी नगरपालिका ८ का २९ वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा ब्यूरोको टोलीले मंगलबार बल्खुबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ।

त्यसैगरी, प्रहरीले ६८३ थान अवैध लागूऔषध नित्राजेपाम ट्याबलेटसहित उदयपुर त्रियुगा नगरपालिका ७ का १९ वर्षीय पवन विश्वकर्मालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको ब्यूरोले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.