काठमाडौंका विभिन्न स्थानबाट २ सय ३५ जना पक्राउ


काठमाडौका विभिन्न स्थानबाट दुई सय पैतीस जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको मातहतमा रहेको क्यूआरटी र सादा पोशाकको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट गाँजा सेवन गर्नेदेखि ट्यापे मुन्द्रे तथा विभिन्न अपराधमा संलग्न रहेको आरोपमा २ सय ३५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ परेकालाई सम्बन्धित प्रहरी वृत्तमा राखि आवश्यक अनुसन्धान अघि बढाइएको पोखरेलले जानकारी दिए।

मंगलबार परिसरमा भेला पारी क्यूआरटी (क्विक रेस्पोन्स टिम) र सादा पोशाकका प्रहरीलाई भेला पारी अप्रेशन सञ्चालन गर्न निर्देशन दिएपछि शंकास्पद २ सय ३५ लाई नियन्त्रणमा लिइएको पोखरेलले जानकारी दिए।

सेतोपाटीसँग कुरा गर्दै एसएसपी पोखरेलले भने, ‘धेरै तिरबाट गुनासो आएको थियो, क्यूआरटी र सादा पोसाकका प्रहरीलाई परिचालन गरेका थियौं, प्रहरी अप्रेशनमा २ सय ३५ जना पक्राउ परेका छन्, जसमा २३ जना महिला छन् हामी अनुसन्धान गर्दै छौ’, उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.