‘कृ’ निर्माता सुवास गिरी प्रहरी नियन्त्रणमा


फिल्म ‘कृ’ का निर्माता सुवास गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत ‘कृ’मा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले ‘कृ’ निर्माता गिरीलाई मंगलबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

पुरानो फिल्म सम्झनाको ‘उकालीमा अघि अघि…’ बोलको गीतलाई बिना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका थिए।

प्रधानले आफ्नो गीत चोरी गरेको भन्ने उजुरी दिएपछि हामीले ‘कृ’ निर्माता गिरीलाई नियन्त्रणमा लिएका हौ,’ काठमाडौं परिसरका प्रवक्ता डीएसपी मोहन थापाले सेतोपाटीलाई बताए।

प्रतिलिपि अधिकारसँग सम्बन्धित विषय भएकाले थप अनुसन्धान भइरहेको थापाको भनाइ छ।

चलचित्र सम्झना वि.सं २०४० सालमा रिलिज भएको फिल्म हो । जसमा नायक भुवन केसी नै थिए भने नायिका तृप्ती नाडकरले मुख्य भूमिका निर्वाह गरेका थिए । ३५ वर्ष अघि आफैले अभिनय गरेको फिल्मको गीतलाई भुवन केसीले छोराको ‘कृ’ मा समावेश गरेका थिए ।’कृ’ मा अनमोल र अदिती नाँचे जस्तै ‘सम्झना’मा भुवन र तुप्ती नाँचेका छन् । रन्जित गजमेर यो गीतका ओरिजिनल संगीतकार र गीतकार हुन् ।

हेरौ पुरानो गीत

कृमा राखिएको गीत

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.