युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ


युवतीलाई जबरजस्ती करणी गर्नै एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा धनौजी गाउँपालिका वडा नम्बर  ५ बस्ने वर्ष २१ को सुधिर कुमार कापर पक्राउ परेका हुन्। धनुषा प्रहरीले लुकिछिपी बसेका कापरलाई आइतबार पक्राउ गरी महानगरीय प्रहरी वृत गौशलालाई बुझाएको हो।

कापरले गत साउन ११ गते ९ तिलगंगास्थित विन्देश्वर न्यू सिरहाली गेष्टहाउसमा काम गर्ने एक महिलालाई बलात्कार गरेका थिए। बलात्कारको कारण ती महिलाको उपचारको क्रममा मृत भएको थियो।

निजलाई आवश्यक कारवाहीको लागि काठमाडौं जिल्ला अदालत बबरमहलमा समक्ष उपस्थित गराइएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.