एसइई दिन आएकी छात्रा मृत फेला


सुर्खेतको पञ्चपुरी नगरपालिकामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन आएकी एक छात्रा मंगलबार बिहान मृत फेला परेकी छन्।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले दिएको जानकारी अनुसार पञ्चपुरी–३ चौरकी गौरीकला रोकाया बिहान मृत फेला परेकी हुन्।

उनी एसइई परीक्षाका लागि बाबियाचौरमा कोठा भाडामा लिएर बसेको थिइन्।

परीक्षा समय सुरु भइसक्दा पनि उनी नआएपछि खोजी गर्दा उनी कोठामा मृत भेटिएकी हुन्।

‘उनको शरीरमा चोटहरु देखिएको छ,’ प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘पोस्टमर्टमका गर्न शव वीरेन्द्रनगर पठाएका छौं, त्यसपछिमात्रै मृत्युको कारण पत्ता लाग्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.