भक्तपुरमा चट्याङ लागेर एक जनाको मृत्यु


भक्तपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

सोमबार अपरान्ह वर्षासँगै चट्याङ पर्दा सिन्धुली हरिहरपुर घर भइ ताथलीस्थित शंकर इट्टा भट्टामा काम गर्ने १९ वर्षका सुरेन्द्र बल तामाङको मृत्यु भएको हो।

इट्टा भट्टा भित्र झ्याउलीले बारेको घर भित्र बसिरहेको अवस्थामा चट्याङ लागेर घाईते भएका उनको भक्तपुर अस्पतालमा मृत्यु भएको हो। सोमबार नै चट्याङ लागेर सोही इट्टा भट्टामा काम गरिरहेकी सन्चली योन्जन घाइते भएकी छिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.