फेवातालमा अलपत्र परेका सात जनाको उद्वार


कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका ७ लेकसाइड स्थित फेवातालमा हावाहुरीले अलपत्र परेका सात जना आन्तरिक पर्यटकहरुको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल कालिका गण मालेपाटन पोखराबाट फेवाताल टावर सुरक्षार्थ खटिएको एपीएफ टोली तत्कालै उद्वार कार्यमा खटिएको थियो ।

त्यसवेला ती व्यक्तिहरु फेवातालमा बोटिङ गरिरहेको अवस्थामा एक्कासी आएको हावाहुरीको कारणले अलपत्र परेका थिए ।

सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई मोटर बोटको सहायताले उद्वार गरेको थियो ।

उद्वार गरिएकाहरुमा काठमाडौंका २० वर्षीया सृजना गुरुङ्ग, वर्ष २४ की जेशिका कार्की, वर्ष २७ की ममता तामाङ, वर्ष २२ की दिक्षा कार्की, वर्ष २३ की एन्जीला श्रेष्ठ, वर्ष २३ की एन्जीला सुवेदी र कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका २६ बस्ने वर्ष २१ का सुमन मल्ल रहेका छन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.