‘गुण्डा नाइके’ गणेश लामा थप १० दिन हिरासतमा


राजधानीको गौशालाबाट चैत ३ गते राति प्रहरीले पक्राउ गरेका गुण्डा नाइके तथा नेता गणेश लामालाई अनुसन्धानको लागि  १० दिन म्याद थप गरिएको छ।

यसअघि प्रहरीले जिल्ला प्रशासन कार्यालयले १० दिन हिरासतमा राख्ने अनुमति दिएको थियो।

हातहतियार तथा खरखजानामा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

प्रहरी हिरासतमा रहेका लामाले भने आफ्नो हतियार नभएको भन्दै प्रहरीमा बयान दिएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.