मकवानपुरको मनहरीमा बाघको अाक्रमण, एक महिलाको मृत्यु


मकवानपुरको मनहरीमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ।

मनहरी ७ रमौली सिरान बगरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको प्रहरी प्रमुख विकाशराज खनालले जानकारी दिए। स्थानीय ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको हो।

बाघ गाउँमा एक स्थानीयको गोठमा पसेको छ। बाघ गाउँ पसेर महिलालाई आक्रमण गरेपछि स्थानीय त्रसित भएका छन्। घटनास्थलमा प्रहरी पुगेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.