मोस्ट वान्टेड सुचीमा रहेका सुरेन्द्र यादव पक्राउ


प्रहरीको मोस्ट वान्टेड सुचीमा रहेका बारुद सिंह भन्ने सुरेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

सिआइबीको टोलीले उनलाई आज साँझ वीरगन्जबाट पक्राउ गरेको एसपी जीवन श्रेष्ठले जानकारी दिए।

सिआइबीले उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाउँदैछ।

सर्लाही प्रहरीमा परेको ४ वटा जाहेरीमा २ वटामा उनलाई हत्या अभियोग लागेको छ। जनतान्त्रिक तराई मुक्ती मोर्चा ज्वाला सिंह समूहमा समेत आबद्ध भएका उनी पछिल्लो सर्घष छाडेर आपराधिक गतिविधिमा लागेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.