बर्दियामा ५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ 


बर्दियामा ५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

बर्दियामा चैतबढैयाताला गाउँपालिका–७ मा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा १७ वर्षीय कृष्ण थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारुले गएको बिहिबार बालिकालाई जबरजस्ती करणी गरेको आफन्तको उजुरीमा थारुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.