सिंहदरबार मन्त्रालयको मोटरसाइकल चोरी गर्ने मन्त्रालयकै कर्मचारी !


सिंहदरबारभित्र मन्त्रालयको मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पार्किङ गरी राखेको बा.१ ब ९९१३ नम्बरको सरकारी मोटरसाइकल चोरी गर्ने मन्त्रालयका कर्मचारी रमेश सुनार र चितवन रत्ननगर नगरपालिका–७ का दिनेश सुनारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

मन्त्रालयकै मोटरसाइकल चोरी चितवन पुर्याएको अवस्थामा प्रहरीले दाजुभाइलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुबैजना दाजुभाइलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.