मेलम्चीमा बस दुर्घटना, ३ जनाको मृत्यु


सिन्धुपाल्चोकको मेलम्चीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकबाट नाम्लाङतर्फ जाँदै गरेको आमा हेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस मेलम्ची नगरपालिका १२ स्थित तामाखानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिए।

दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको र केही घाइते भएको एसपी पोखरेलले जनाए। घाइतेहरूको उपचारका लागि धुलिखेल पठाइएको समेत पोखरेलले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.