मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा एकजनाको मृत्यु भएको छ।

वीरेन्द्रनगर–१, बाङगेसिमल नजिक शुक्रबार बिहान र भे ४ प ८९२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिकाकाका गगन अर्खालीको मृत्यु भएको हो।

दैलेखबाट सुर्खेततर्फ आउँदै गरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाइते भएका अर्खालीको उपचारको क्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा सुर्खेतमा मृत्यु भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.