शारदा नदीमा डुबेर विद्यार्थीको मृत्यु


सल्यानमा एसईई परीक्षा दिन जाँदै गरेका एकजना विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ।

सिद्धेश्वरी माध्यामिक विद्यालाय बनगाँड कुपिण्डे नगरपालिका वडा नम्बर १२ माझर्खकमा अध्ययनरत छात्र प्रकाश परियारको शारदा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी भरत विश्वकर्माले जानकारी दिए।

बनगाँड कुपिन्डे नगरपालिका १२ निगालचुला निवासी १७ वर्षीय परियारले सोही ठाउँ निवासी सहपाठी दुर्गाबहादुर डाँगी डुबेपछि उनलाई बचाउन खोज्दा डुबेर मृत्यु भएको डिएसपी विश्वकर्माले जानकारी दिए।

कालिमाटी गाउँपालिका वडा नम्बर ३ मा रहेको शारदा जनकल्यान मावि परीक्षा केन्द्रमा एसईई परीक्षा दिन गएका परियार, डाँगीसहितका साथीहरु बिहिबार दिउँसो शारदा नदीमा नुहाउन गएका थिए। डाँगीको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालको उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.