ठूलो परिमाणमा राजस्व विभागको होलोग्राम नक्कली स्टीकरसहित पाँच पक्राउ

, पक्राउको विरोधमा व्यवसायी आन्दोलित


रूपन्देही प्रहरीले अवैध रूपले लैजान लागेको ठूलो परिमाणमा आन्तरिक राजस्व विभागको होलोग्राम स्टीकर र त्यसमा संलग्नहरुलाई नियन्त्रणमा लिएको छ।

प्रहरी टोलीले गैरकानुनी ढंगबाट लुकाई छिपाई लैजान लागेको ४ लाख थान नक्कली स्टीकरसहित २ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उक्त स्टीकरसँगै स्टीकर लैजान लागेका भैरहवाका बिनोद सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमान तथा समसुद्धिनलाई नियन्त्रणमा लिएको थियो।

उक्त स्टीकर भारतबाट छपाई गरी धनुषाको मिथिला नगरपालिका वडा नं ८ जमुनीवासामा रहेको सांग्रिला डिष्टिलरीमा लैजान लागेका थिए।

भारतीय नम्बर प्लेटको युपी ४३ एई १६८२ टाटा इन्डिका कारमा ५० युपि १८० एमएल आन्तरिक राजस्व बिभाग LIQUOR लेखिएको स्टीकरसहित उनीहरुलाई रुपन्देहीको धकधईबाट सोमबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाले प्रहरीलाई ठूलो आर्थिक प्रलोभन दिए पनि प्रहरीले स्वीकार नगरेपछि उनीहरू फन्दामा परेको बताईएको छ।

पक्राउ परेका सिंह र भारतीय नागरीक मोहम्मद गद्दी मुसलमानको बयानका आधारमा प्रहरीले उक्त नक्कली स्टीकर प्रयोग गर्ने कार्यमा संम्लग्न डिष्टिलरीका व्यवस्थापक भवानी सुवेदी र कामेश्वर महतोलाई धनुषाबाट नियन्त्रणमा लिएको छ। त्यस्तै उद्योगी कुशेश्वर शाह भने फरार छन्।

आन्तरिक राजस्व कार्यालयका एक अधिकृतका अनुसार सबैभन्दा कम राजस्व तिर्नुपर्ने मदिरामा उक्त स्टीकर प्रयोग गरे पनि १ करोड २० लाख रूपैया बरावरको राजस्व गुम्ने देखिन्छ।

आन्तरिक राजस्व कार्यालयको स्टीकर बिना मदिरा जन्य कुनै पनि पदार्थ बिक्रि गर्न नपाईने तथा डिष्टिलरीबाट मदिरा बजारमा पठाउँदा नै स्टीकर लगाउनुपर्ने हुन्छ। आन्तरिक राजश्व कार्यालयका कर्मचारीसँगको मिलोमतोमा यस्ता स्टिकरहरू प्रयोग गरी राजस्व छली हुँदै आएको छ।

मदिरा उत्पादकले सबैभन्दा कम मूल्यको मदिरामा उक्त स्टीकर प्रयोग गर्दा पनि राज्यले प्रति बोतल ३० रूपैया प्राप्त गर्ने आन्तरिक राजस्व कार्यालयले बताएको छ।

यसैबीच नक्कली स्टीकर कारोबारमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा धनुषा क्षेत्रका डिष्टिलरी बन्द गरी व्यवसायीहरुले आन्दोलन शुरु गरेका छन्।

त्यस्तै रूपन्देहीको सुनसारी डिष्टिलरीमा आन्तरिक राजस्व कार्यालय भैरहवाले राजस्व छलि गरेको भन्दै शिल गरिदिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.