सुन्धारामा आगलागीमा दुई जना घाइते


काठमाडौंको सुन्धारास्थित गुलाब मिठाइ पसल भएको भवनमा बुधबार साँझ आगलागी भएको छ। आगलागीमा परी दुई जना घाइते भएका छन्।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले भवनको पार्किङबाट आगलागी सुरु भएको जानकारी दिए।

‘भवनको माथिल्ला तलामा भएका सबै जनाको उद्दार भइसकेको छ, दुई जना घाइतेलाई उद्दार गरी वीर अस्पताल पठाइएको छ,’ डिएसपी थापाले भने, ‘नेपाली सेना, प्रहरी र महानगरका दमकलले आगो निभाइरहेका छौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.